November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

सरकारी पैसामा मेयरको घरमा वासिङ मेसिन देखि एसी सम्म, र क्सी र खाजामा २५ लाख

काठमाडौ । धनुषाको एक स्थानीय तहले गरेको मनोमानी खर्चको विवरणले लापरवाहीको हद पार गरेको छ । लेखा परिक्षण प्रतिवेदनका आधारमा भ्रष्टाचारको चरम सिमा देखिएको हो । धनुषाको विदेह नगरपालिकाका मेयरको घरमा वासिङ मेसिन, बक्स पलङ, लो बेड, एसी, फ्रिज लगायतका सामान समेत सरकारी पैसावाट खरिद गरिएका छन् ।

अन्य आवासीय सामान समेत उनले सरकारी पैसाले घर भरेका छन् । नगरप्रमुअ बेचन दास गुप्ताले कर्मचारीसंग मिलेर सरकारी पैसामा रजाई गरेको प्रमाण फेला परेको हो । उनका घरका सामानको मुल्य मात्र १५ लाख २८ हजार रुपैयाँ देखिन्छ । त्यो सबै नगरपालिकाको खातावाट खर्च भएको छ । र क्सी र खाजा खर्चमै करिब २५ लाख रुपैयाँ खर्च भएको देखिएपछि सबैको चासो बढेको हो ।

अन्य खर्चको विवरण बुझ्दा पनि खर्च गर्न नमिल्ने शिर्षकवाट मनोमानी गरेको देखिएको हो । नगरपालिकाले विविध खर्च शीर्षकमा कुल ५३ लाख १३ लाख ५६९ रुपैयाँ खर्च गरेको मध्येबाट २४ लाख ९९ हजार ३ सय ५५ रुपैयाँ र क्सी मा खर्च भएको हो । अन्य खर्चको पनि चित्त बुझ्दो प्रमाण छैन । सबै खर्च मनोमानी गरेको देखिन्छ । विदेह नगरपालिकाले खर्च गरेको रकमको बिल पेस गरे पनि खर्च गर्नुपर्ने आधार स्पष्ट पार्न सकेको छैन । विविध खर्चको उद्देश्य र खर्चको यथार्थता प्रमाणित नहुने गरी नगर प्रमुख बेचन दास तथा कर्मचारीले कुपन का टे को आधारमा भुक्तानी दिने परिपाटीमा नियन्त्रण गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

नगरप्रमुख दासले एक वर्षमा स्थानीय होटल फुलवारीलाई १२ लाख ८२ हजार २१५ रुपैयाँ, राम सेवक कोल्ड स्टोर्सलाई १० लाख ३५ हजार ९४५ रुपैयाँ र शम्भु मदिरा पसललाई १ लाख ८१ हजार १९५ रुपैयाँ भुक्तानी गरेको सो प्रतिवेदनमा उल्लेख छ । सरकारी गाडी ब्यक्तिगत प्रयोजनमा खर्च भएको र त्यसका लागि लाखौं रकम इन्धनमा खर्च भएको देखिएको छ । दैनिक १४ हजार ९४ रुपैयाँको हिसाबले एक वर्षमा ५१ लाख ४४ हजार ३ सय ८९ रुपैयाँ इन्धन र सरकारी गाडीमा खर्च गरेको देखिएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वन्धी ऐनमा पदाधिकारीहरूको लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था नरहे पनि लाखौं रकम दिएको देखिएको छ । कर्मचारी, नगर प्रमुख तथा उपप्रमुखको सचिवालयमा करारमा कर्मचारी भर्ना गरिएका छन् । विदेह नगरपालिकाले प्रेस सल्लाहकार, कार्यालय सहायक, कानुनी सल्लाहकारका नाममा पारिश्रमिक भन्दै लाखौं रुपैया खर्चिएको लेखा परिक्षण प्रतिवेदनमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.