December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

संखुवासभा घट्ना प्रकरण पछि त्यहाँ घटनास्थल नजिक देखियो यस्तो सङ्केत

संखुवासभाकाे मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको ज्यान गएको घटनाले त्रसित बनेका छिमेकी चन्द्रबहादुर थापा घर सरेका छन् । आफन्त समेत रहेका थापा घटनास्थल भन्दा केही दुरीमा रहेको उम्लिङ मावी नजिकै सरेका हुन् । मृतक ५२ वर्षीय कमलाका काका चन्द्रबहादुर भन्छन् ‘बसिसक्नु भएन घर भित्रै पनि मनमा चिसो पस्न थाल्यो त्यही भएर अफैले बनाएको खाली घर थियो अहिले त्यहाँ सरेको छु ।’

५ जनाको परिवार रहेको चन्द्रबहादुरले घटना भएकै घर सरेको बताए ‘घरभित्र आङ फुल्छ, केटाकेटीले पनि अब हामीलाई पनि मा’र्छ भन्दै रुन, कराउन र एकाेरीन थाले छाेराेछाेरीमा गलत मनोविज्ञान नहोस् भनेर पनि सर्नुपर्याे । चन्द्रबहादुरले भने ‘गाउँ आ’ङ्कित भएको छ । गाउलेहरू सबै तर्सिएका डराएका छन् । सधै रात साँझ हिँडेकाे बाटो एक्लै हिँड्न कसैको आँट छैन ।’

अर्का एक छिमेकी नन्द कार्की भन्छन् ‘घटना भएदेखि शरीर कामिरहेको छ । घटनास्थलमा पुगेर घर फर्कँदा घरमा कोही नभएपछि आफ्नै घरभित्र पस्न सकिन । श्रीमती पनि घरबाट भागिछे ।’ ग्रामीण क्षेत्र भनेको समयमा मोबाइलमा टावर समेत नआउने र रात साँझ घाँसदाउरा गर्नुपर्ने भए तापनि घटनापछि घाँस का’ट्नसमेत जान नसकेको स्थानीय एक महिलाले बताइन् ।

उनी भन्छिन् ‘घरहरू अलि पर पर छ । खेतबारीमा रूखहरू छन् । जङ्गलजस्तो छ । घटनापछि घाँस काट्न जाँदा पनि कोही पछाडिबाट पो आयो कि भने जस्तो हुन्छ । आफ्नै खेतबारीमा जान सकेको छैन । छोराछोरीहरू डराएर एक्लै छाड्न सक्ने अवस्था छैन ।’

चन्द्रबहादुर थापाका अनुसार मृतक तेजबहादुरका कान्छा छोरा नरेश दुबईबाट फर्किसकेका छन् । घट्नामा परेका परिवारको दा’हसं’स्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान त्यो अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए ।

बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएपछि बूढीखोला घाटमा अन्त्येष्टि गरिएको भतिज एमविक्रमले बताए । शव अन्त्येष्टिका लागि तेजबहादुर कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आएका थिए । अन्त्येष्टिका लागि नेपाल आएका छोराले आफ्नो परिवारको यो अवस्था देख्दा सम्हालिन नै सकेका थिएनन । अन्तिम संस्कारमा उपस्थित भएका आफन्त र सर्वसाधारण पनि नरुने कोहि थिएनन् । मृतककाे घरमा ३ वटा गाई, एक हल गाेरू, १० बटा बाख्रा रहेका छन् । परिवारका एक्ला ९० वर्षीय वयाेवृद्ध मात्र जीवित भएकाले ती चौपाया छिमेकीले रेखदेख गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.