November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

भूगर्भविद्ले चेतावनी दिदै भने, ‘अब बुटवलमा पनि मेलम्चीमा जस्तै बितण्डा आउन सक्छ’

काठमाडौ । नेपालकै ठूलो मेलम्ची योजना बाढीका कारण फेरी अन्यौलमा परेको छ । अरवौं रुपैया लगानी भइसकेपछि पनि काठमाडौबासीको पानी खाने सपना फेरी एक पटक अन्यौलमा पुग्यो । दर्जनौं नागरिको घरवास उठेको छ भने अरवौंको धन सम्पत्ती गुमेको छ । धेरै नागरिक सडकमा आएका छन् । भुगर्वविद्हरुले अब बुटवल पनि फेरी मेलम्ची जस्तै बन्ने चेतावनी दिएका छन् ।

गत आइतबार र सोमबार परेको भारी वर्षापछि बुटवलको शिरमा रहेको चुरे पहाडमा पहिरो गयो । चुरे अति सम्बेदनशिल क्षेत्र हो । चुरे नासियो भने नेपालमा ठूलो भुक्षय आउने सम्भावना रहेको भुगर्वविद्हरुले बारम्बार बताउँदै आएका छन् । दुई दिनको वर्षाले आएको पहिरो बुटवलको ज्योतिनगरको बस्तीमा पस्यो ।

पहिरोले बस्तीका १२ घरमा क्षति पुग्यो र ती परिवार विस्थापित भए । ४० घर उच्च जोखिममा परे । बुटवल(३ ज्योतिनगरमा गएको यो पहिरो पहिलो होइन । यसअघि २०५५ सालमा पनि ज्योतिनगरको चुरेको पहाडमा पहिरो गएर ५७ घर पुरेको थियो । बारम्बारको अ’ति’क्र’ मणका कारण निकै कमजोर भएको चुरे भुकम्प पछि थप कमजोर भएको छ । वर्षाको वाढी धारजा फाटेको ठाउँवाट भित्र पस्दा चुरे कमजोर भएको हो ।

भुगर्वविद्हरुले पनि अब चुरेवाट एक चिम्टी बालुवा पनि निकाल्न नहुने चेतावनी दिएपनि स्थानियले उनीहरुको कुरा सुनेका छैनन् । त्यसैले अब बुटवल फेरी अर्को मेलम्ची बन्न सक्ने खतरा भुगर्व विद्हरुले औल्याएका छन् । स्थानिय सरकारले झन ति क्षेत्रमा बस्ती बसालेर विद्युत लगायतका पुर्वाधारका काम गरेको छ । साथै चुरे क्षेत्रमा अर्बौंको केबुलकारको परियोजना सुरु भएको छ ।

राष्ट्रपति तराई(मधेश चुरे संरक्षण विकास समिति कार्यालय बुटवलका प्रमुख अजय कार्कीले अब बुटवलमा अर्को मेलम्ची बन्ने ख’त’ रा रहेको बताएका छन् । ‘चुरे क्षेत्रमा वन र खोला नै अ ति क्रमण गरी सडक,पार्क,मन्दिरहरु, फुट ट्रेल बनेका छन्,’ कार्कीले भने, ‘यसै पनि संवेदनशील र कमजोर भूगोलमा यसरी पुर्वाधार बनाइरहनुले चुरे क्षेत्र खल्बिलिएको छ र जुनसुकै बेला अकल्पनीय क्षति ब्यहोर्नुपर्ने हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.