December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

एमसीसी उपाध्यक्ष नेपाल आउनै लाग्दा सम्झौताबारे स्पष्ट गर्न अमेरिकालाई नेपालको आग्रह, सम्झौता गर्दा राम्रो होला कि नगर्दा ??

काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौतालाई लिएर धेरै विवाद भइरहेको छ ।

यो बीचमा सरकारले ‘विवादित विषय’ एमसीसीबारे स्पष्ट गर्न अमेरिकी सरकारलाई आग्रह गरेको हो ।

अर्थ मन्त्रालयले पत्र लेख्दै अमेरिकी सरकारलाई सम्झौतामा उल्लेख रहेका केही अस्पष्ट बुँदाहरुलाई थप स्पष्ट गर्न आग्रह गरेको छ ।

सरकारले पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो–प्यासेफिक रणनीति’को अंग भए÷नभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएको÷नजोडिएकोबारे स्पष्ट गर्न आग्रह गरेको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार धेरै दिनको छलफल र तयारीपछि पत्र लेखिएको हो ।

एमसीसीको सम्झौता नेपालको कानुनको अधिनमा रहने÷नहरने र संसदबाटै पास गर्नुपर्ने अनिवार्यताको आवश्यक्ताबारे पनि स्पष्ट पार्न भनिएको छ ।

उहाँका अनुसार लेखा परीक्षणका व्यवस्थादेखि जे जति बुँदाहरुमाथि प्रश्न उठेका छन्, ती सबै विषयमा स्पष्ट गर्न अमेरिकालाई अनुरोध गरिएको छ ।

अर्को साता एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउने भएपछि एमसीसी परियोजना खुबै चर्चामा रहेको छ ।

उहाँ नेपाल आउनुभन्दा ठीक अघि सरकारले यस्तो पत्र लेख्नुलाई विशेष रूपमा लिइएको हो ।

सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम छ ।

आज केहि युवाहरुले नेपालस्थित अमेरिकी दूतावास बाहिर बिरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.