November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

एस पार्टीलाई प्रधानमन्त्री देउवाले दिदैँछन् यति धेरै मन्त्रालय, पौडेलले गरे गोप्य खुलासा

काठमाडौं । नेकपा एमाले फुटाएर बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीका नेताले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउनु भएको छ । उक्त पार्टीका नेता डा. विजय पौडेलले पार्टी ओलीका कारण फुटेको आरोप लगाउनुभयो ।

उहाँले आफूहरु सरकारमा जाने तयारीमा रहेको पनि स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार आफ्नो पार्टीको भागमा ६ वटा मन्त्रालय परेको पनि उल्लेख गर्नुभयो । नेता पौडेलले सरकारमा को जाने भन्नेबारे आफूहरुले निर्णय भने गरिनसकेको उल्लेख गर्नुभयो ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उहाँले यस्तो कुराहरु बताउनु भएको हो । कार्यक्रम प्रस्तोता ऋषि धमलासँग कुरा गर्दै उनले मन्त्री छान्ने अधिकार अध्यक्ष माधव कुमार नेपाललाई मात्रै नभएर पार्टीगत रुपमा निर्णय लिईने भएको स्पष्ट पार्नुभयो । आफ्नो पार्टीमा योग्य, सक्षम र शिर्ष नेताहरु भएको पनि उहाँको जिकिर छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपाल पदबिना बाँच्नै नसक्ने नेता भएको भन्नु गलत हुने उहाँको बुझाई रहेको छ । उहाँले माधव नेपाल कहिल्यैपनि असफल नेता नभएको जिकिर गर्नुभएको छ । एमाले माधव नेपालका कारण नभई अध्यक्ष केपी ओलीले फुटाएको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.