November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

नेपालगञ्जमा सपिङ गरेर दाङ फर्कंदै गर्दा खोलाले कार बगाएपछि ४ जना महिलाको मृत्यु,आत्मालाई शान्ति मिलोस, हार्दिक श्रद्धाञ्जली[R.I.P]

1 min read

दाङमा खोलाले ब’गाउँदा चार जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब १० बजेर ५० मिनेटमा ब’गाएको थियो।

लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले ब’गा’उँदा घोराही-१३ निवासी ४० वर्षीया रितामाया पुन, ३२ वर्षिया शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षीया राधा कुवँर, ४२ वर्षीया यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

कारका चालक घोराही १३ का ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन्। उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चो’ट लागेको छ। खोलाले ब’गाएकाहरूको श’व झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला पारिएको छ। उनीहरूमध्ये दुई जना चालकका आफन्त हुन्।

उनीहरू नेपालगञ्जमा सपिङ गरेर फर्कंदै गर्दा खोलामा आएको भेलमा परेका थिए। शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। चालकको पनि घोराहीमै उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.