November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

एमालेले उठायो यस्तो कदम, राजनीतिमा तरंग

काठमाडौ । नेकपा एमाले अब निर्वाचन आयोग विरुद्ध अदालत जाने भएको छ । कदल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको आरोप लगाउँदै एमाले अदालत जाने भएको हो । नेकपा एमाले विभाजन भएर माधव कुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ दल दर्ता गराएका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आज अपरान्ह मु द्दा दर्ता गर्नेगरी तयारी भइरहेको बताए ।

अदालतमा लिएर जाने कागजपत्रलाई अन्तिम रुप दिने काम भइरहेको र त्यो पुरा भएपछि अदालत जाने भट्टाईले जानकारी दिएका छन् । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सांसदलाई पदमुक्तको निर्णय गरेको थियो ।

तिनै कारवाही गरेका १४ सहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुको सनाखतलाई मान्यता दिएर आयोगले भदौ ९ गते बुधबार नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.