December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

‘जमीन त खोसिस् सरकार, नागरिकता पनि खोस् !’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका को हुन्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि विरोध प्रदर्शन भइरहेको छ । सरकारको त्यस निर्णयको नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गरेको थियो । मनोहरा सुकुम्बासी बस्तीबाट मूल सडकसम्म निकालिएको जुलुसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै रहेका थिए ।

युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । भाइरल भइरहेको तस्वीरमा देखिएका व्यक्ति निधारमा कालो फेटा बाँधेका थिए । उनले ‘जमीन त खोसिस् सरकार, नागरिकता पनि खोस् !’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

उनको घाँटीमा सुनको ठूलै सिक्री देखिएको छ । सुकुम्बासीको जुलुसमा सहभागी युवकको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि यो तस्वीर निकै भाइरल भयो । भाइरल तस्वीरमा देखिएका युवक सुकुम्बासी नभई युवा संघका कार्यकर्ता हुन् । उनको नाम वीरबहादुर श्रेष्ठ (सुमन) हो । सिन्धुलीको कमलामाई नगरपालिका घर भएका उनी हाल कोटेश्वर बस्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.