December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

कहिले माओवादी कहिले एमाले बनेकी सांसद विमलाले पत्रकार सम्मेलनमा यस्तो खुलासा

काठमाडौ । कहिले माओवादी केन्द्र त कहिले नेकपा एमालेमा प्रवेश गरेको बताउने लुम्बिनी प्रदेश सभाकी सांसद विमला खत्री वलीले घटनावारे वास्तविक जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएकी छन् । मंगलवार एमालेमा प्रवेश गरेको विज्ञप्ती जारी गरेकी वलीले बुधवा फेरी आफु माओवादीमै छु भन्दै माओवादी नेतालाई मोवाइल मार्फत एसएमएस पठाएकी थिइन् ।

विहिवार पत्रकार सम्मेलन गरी आफ्नो कित्ता क्लियर गर्ने वलीले बताएको माओवादी केन्द्रले जनाएको छ । वलीले आफु माओवादी केन्द्रमै रहेको जानकारी दिन लागेको दावी सो पार्टीको छ । यसअघि आफू नेकपा एमालेको नेता भएको भनेर विज्ञप्ति जारी गरेकी उनले अहिले फेरि माओवादी केन्द्रमै रहेको बताएकी हुन्।

माओवादी केन्द्रका नेताका अनुसार आज त्यही कुरा पत्रकार सम्मेलन गरी घोषणा गर्ने तयारी गरिएको हो। वली तत्कालीन नेकपाबाट निर्वाचित प्रदेश सांसद हुन्। तर गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग र यसमा मिसिएका एमाले र माओवादी केन्द्र अलग भएको फैसला सुनाएपछि उनको पार्टीको ठेगान नभएको हो। यसबीच उनी कहिले एमाले त कहिले माओवादी भइरहेकी छन्।

यही साउन १५ गते माओवादी केन्द्रले उनी सम्पर्कविहीन भनेको थियो। तर प्रहरीले फोन गर्दा सांसद वलीले आफू उपचारका लागि नेपालगन्जमा रहेको जानकारी गराएकी थिइन्।

यसबीच साउन १९ गते मा विमलाको नामबाट उनी एमालेमै फर्किएको विज्ञप्ति जारी गरिएको थियो। तर साउन १५ यता उनी सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। आज दिउँसो १ बजेतिर गरिने पत्रकार सम्मेलनमा भने उनी उपस्थित हुने माओवादी केन्द्रका नेताहरूले दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.